बन्दीपुर गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी – Nepal Press

बन्दीपुर गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका सुरेन्द्र थापा र उपाध्यक्षमा नेपाली कांग्रेसका पञ्चमाया गुरुङ विजयी भएका हुन् । अध्यक्षमा ६३ र उपाध्यक्षमा दुई मतको अन्तर छ ।

अध्यक्षमा विजयी थापाले तीन हजार दुई सय २९ मत प्राप्त गरे भने प्रतिस्पर्धी नेकपा (माओवादी) केन्द्रका पूर्णसिं थापाले तीन हजार एक सय ६६ मत प्राप्त गरे ।

उपाध्यक्षमा विजयी गुरुङले तीन हजार २७ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेकपा (माओवादी) केन्द्रका करुणा गुरुङले तीन हजार २५ मत प्राप्त गरिन् ।

छ वटा वडामध्ये बन्दीपुरमा नेकपा एमालेले तीन, नेकपा माओवादी केन्द्रले दुई र नेपाली काङ्ग्रेसले एक वडा जितेको छ । एमालेले वडा नम्बर १, ४ र ६, नेकपा माओवादी केन्द्रले २ र ५, काङ्ग्रेसले ३ नम्बर वडा जितेको छ ।

१५ हजार छ सय ३८ मतदातामध्ये निर्वाचनमा दश हजार दुई सय पाँच मत खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर