वीरगञ्ज महानगरमा एमालेका सरावगीभन्दा दोब्बर मतले गठबन्धनका सिंह अगाडि – Nepal Press

वीरगञ्ज महानगरमा एमालेका सरावगीभन्दा दोब्बर मतले गठबन्धनका सिंह अगाडि

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका राजेशमान सिंहले अग्रता कायमै राखेका छन् । सिंहले ८ हजार २०७ मतसहित अग्रता कायमै राखेका हुन् ।

उनलाई एमालेका विजयकुमार सरावगीले ३ हजार ६६५ मतसहित पछ्याइरहेका छन् । निवर्तमान मेयर सराबगी गठबन्धनभन्दा ४ हजार ५४२ ले पछाडि छन् ।

उपमेयरमा कांग्रेसका इम्तियाज आलम ५ हजार ९९६ मतसहित पहिलो स्थानमा रहेका छन् । उपमेयरमै लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तमलाल झाले ९१४ मात्रै ल्याएका छन् ।

यहाँ सत्ता गठबन्धनविरुद्ध एमाले र लोसपाले चुनावी तालमेल गरेका थिए । एमालेका उम्मेदवार सराबगी निर्वाचनअघि मात्रै जसपा परित्याग त्यागेका थिए ।

वीरगञ्ज महानगरका वडा नं १, २, ३, ४, ३०, ३१ र ३२ को मतगणना हुँदा ९ हजार ८८ मत बदर भएको छ । हालसम्म १६ हजार ६४७ मत गणना भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर