ललितपुर महानगरमा फराकिलो बन्दै चिरीबाबुको अग्रता, उपमेयर उम्मेदवार नभएको कांग्रेसको चिन्हमा २१३६ मत – Nepal Press

ललितपुर महानगरमा फराकिलो बन्दै चिरीबाबुको अग्रता, उपमेयर उम्मेदवार नभएको कांग्रेसको चिन्हमा २१३६ मत

ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनको अग्रता फराकिलो बन्दै आएको छ । उनले ७९२० मतसहित अग्रतालाई कायमै राखेका हुन् ।

महर्जनलाई नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ३४७६ मतसहित पछ्याइरहेका छन् । महर्जनसँग व्यञ्जनकारको मतान्तर ४४४४ रहेको छ । जुन दोब्बरभन्दा बढी हो ।

उपमेयरमा भने नेकपा एमालेकी मञ्जली शाक्यले ४०४५ मतसहित अग्रता लिइरहेकी छन् । गठबन्धनबाट माओवादीका बाबुराज बज्राचार्यले २५१७ मत प्राप्त गरेका छन् ।

कांग्रेस र माओवादीले चुनावी तालमेल गरेको ललितपुरमा उपमेयर उम्मेदवार नभएको कांग्रेसको चुनाव चिन्हमा २१३६ मत परेको छ । कांग्रेसले गठबन्धनका उपमेयर उम्मेदवारलाई मत दिन आनाकानी गर्दा एमालेभन्दा पछाडि परेको माओवादी नेताहरु बताउँछन् ।

ललितपुर महानगरमा हालसम्म १४२१६ मत गणना भइसकेको छ ।गर्दा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर