मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई धक्का, गल्छीमा गठबन्धन हराउँदै एमालेका खतिवडा विजयी – Nepal Press

मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई धक्का, गल्छीमा गठबन्धन हराउँदै एमालेका खतिवडा विजयी

काठमाडौं । नेकपा एसका उपाध्यक्ष तथा मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रतिष्ठा जोडिएको धादिङको गल्छी गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै एमालेले जित निकालेको छ । गाउँपालिका अध्यक्षमा नेकपा एमालेका केदार खतिवडा निवर्तमान अध्यक्ष तथा नेकपा एसका नेता कृष्णराज श्रेष्ठलाई २५२ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।

खतिवडा ७,३०९ मत ल्याइ विजयी भएका छन् । पराजित कृष्ण हरी श्रेष्ठले ७,०५७ मत ल्याएका छन् ।

अध्यक्षमा विजयी खतिवडा एमालेका शालीन नेता हुन् । उपाध्यक्षमा भने गठनबन्धनबाट कांग्रेसका भाइराजा तिवारी विजयी भएका छन् । तिवारी ७ हजार ४९४ मतसहित विजयी हुँदा दोस्रो कार्यकालका लागि उपाध्यक्षका प्रत्यासी बनेकी एमालेकी राधा तिमल्सिनाले ७ हजार ४८ मत प्राप्त गरिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर