घोराही उपमहानगरमा एमाले गठबन्धनभन्दा साढे तीन हजार मतले अगाडि – Nepal Press

घोराही उपमहानगरमा एमाले गठबन्धनभन्दा साढे तीन हजार मतले अगाडि

दाङ । घोराही उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनसँग एमालेले मतान्तर बढाउँदै गएको छ । सुरूवाती चरणमा अगाडि भएको गठबन्धन अहिले पछाडि पर्दै गएको छ ।

पछिल्लो मतगणनाअनुसार एमालेका मेयर उम्मेदवार नरूलाल चौधरीले १७ हजार ८८४ मत ल्याएका छन् । गठबन्धनका हेमराज शर्माको मत १४ हजार ३७५ छ । शर्माभन्दा चौधरी तीन हजार ५०९ मतले अगाडि छन् ।

यस्तै उपमेयरमा पनि एमालेले मतान्तर बढाउँदै लगेको छ । उपमेयरमा एमालेकी हुमा डीसीले १७ हजार ३४७ मत ल्याइएकी छन् । गठबन्धनका भुपबहादुर डाँगी क्षेत्रीको मत १६ हजार १६१ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर