दाेलखाकाे जिरी नगरपालिकामा एमाले विजयी, मेयरमा मित्र र उपमेयरमा कृष्णामाया निर्वाचित – Nepal Press

दाेलखाकाे जिरी नगरपालिकामा एमाले विजयी, मेयरमा मित्र र उपमेयरमा कृष्णामाया निर्वाचित

दोलखा । जिरी नगरपालिकामा नेकपा एमालेले जितेको छ । कांग्रेस र माओवादीका उम्मेदवारलाई पछि पार्दै एमालेका मित्र जिरेल मेयरमा निर्वाचित भएका छन् ।

उनी २९४९ मत प्राप्त गर्दै मेयरमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लाक्पा शेर्पाले २६३२ र माओवादीको गेल्बु शेर्पाले २०३३ मत ल्याएर पराजित भएका छन् ।

नगरपालिकाको उपमेयरमा पुनः कृष्णमाया बुढाथोकी निर्वाचित भएकी छन् । उनी नेकपा माओवादीका उम्मेदवार तेजबहादुर गोलेलाई पराजित गर्दै उपप्रमुखमा निर्वाचित भएकी हुन् ।

बुढाथोकीले ३४३४ मत पाएकी छन् भने गोलेले ३१२० मत पाएका छन् । बुढाथोकी यसअघि पनि उपमेयर थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर