सिरहामा मत ईन्ट्रीमा त्रुटी हुँदा तनाव: मतगणनास्थलमा तोडफोड, पुन: मतदानको माग – Nepal Press

सिरहामा मत ईन्ट्रीमा त्रुटी हुँदा तनाव: मतगणनास्थलमा तोडफोड, पुन: मतदानको माग

जनकपुरधाम । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको मतगणनास्थलमा तोडफोड गरिएको छ । अहिले त्यहाँको स्थिति तनावग्रस्त छ ।

६ वडा रहेको लक्ष्मीपुर पतारी गाउँपालिकामा कुल २ हजार ३९२ मत खसेको थियो । तर कर्मचारीले ३ हजार १६२ मत खसेको भन्दै ईन्ट्री गरे । तर मतगणनाको अन्तिम अवस्थामा निर्वाचन अधिकृतको कार्यालयले २ हजार ३९२ मत मात्र खसेको तथ्यांक सार्वजनिक गरेपछि जसपाका नेता कार्यकर्ता तोडफोडमा उत्रेका छन् ।

उनीहरुले मतगणनास्थलमा ढुंगामुडा गरेपछि प्रहरीसंग पटक पटक झडप भएको छ । स्थिति नियन्त्रणमा लिन समस्या भएपछि प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी समेत त्यहाँ पुगेका छन् ।

निर्वाचन अधिकृत देवीप्रसाद सुवेदी भन्छन्, ‘डाटा ईन्ट्रीमा कर्मचारीबाट मिस्टेक भएको हो । तर धाधली भयो भनेर यहाँ तोडफोड गरिएको छ ।’ उनले सिडिओ आएपछि अहिले छलफल चलिरहेको बताए ।

जसपाले धाधली भएको भन्दै पुन: मतदान गराउनुपर्ने माग गरेको छ । गाउँपालिकाको वडा १,२,३,४ र ५ को मतगणना सकिसकेको छ । वडा ६ को मत गणना गरिरहँदा तोडफोड सुरु गरेका कारण अहिले मतगणना रोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर