हेटौँडामा मतदाताले लेखे मतपत्रमा ‘नो भोट’ – Nepal Press

हेटौँडामा मतदाताले लेखे मतपत्रमा ‘नो भोट’

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ को मतगणना भैरहेको समयमा एक मतपत्रमा ‘नो भोट’ लेखिएको पाइएको छ ।

वडा नंबर ४ को १ हजार ५ सय मतगणना हुँदा ‘नो भोट’ लेखिएको मतपत्र पाइएको हो । मतदाताले मत पत्रलाई ‘क्रस’ चिन्ह प्रयोग गरि अंग्रेजीमा ‘नो भोट’ लेखेको पाइएको छ ।

पछिल्लो समयमा ‘नो भोट’को माग बढिरहेको अवस्थामा हेटौँडामा भेटिएको उक्त मतपत्रले आगामी निर्वाचनमा ‘नो भोट्स राईड्स’बारे सोच्न बाध्य बनाएको मतगणनामा सहभागि रहेको प्रतिनिधिहरुको भनाई रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर