धनकुटामा कठिन प्रतिस्पर्धामा गठबन्धन पराजित, १६ मतको अन्तरमा एमालेका मेयर निर्वाचित – Nepal Press

धनकुटामा कठिन प्रतिस्पर्धामा गठबन्धन पराजित, १६ मतको अन्तरमा एमालेका मेयर निर्वाचित

काठमाडौं । धनकुटा नगरपालिकामा एमालेले गठबन्धनलाई कठिनसँग पराजित गरेको छ ।

मेयरमा एमालेका चिन्तन तामाङ १६ मतको फरकमा निर्वाचित भएका छन् ।

उनले ७ हजार ६ सय ६६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार दिनेश राईले ७ हजार ६ सय ५० मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि एमालेकै भिमादेवी खनालले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गणेशबहादुर विष्टलाई पराजित गरेकी छन् ।

उनले ७ हजार १ सय ९६ मत प्राप्त गरिन् । निकटतम प्रतिस्पर्धी विष्टले ६ हजार ६ सय २९ मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । चिन्तन यसअघि पनि मेयर थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर