वीरगन्ज महानगर : १७९०९ मतगणना हुँदा मेयरमा ४६८० मत बदर, उपमेयरमा सदरभन्दा बदर बढी – Nepal Press

वीरगन्ज महानगर : १७९०९ मतगणना हुँदा मेयरमा ४६८० मत बदर, उपमेयरमा सदरभन्दा बदर बढी

काठमाडौं । वीरगन्ज महानगरपालिकामा ७ वटा वडाको मतगणना सम्पन्न हुँदा मेयरका प्रत्याशी जसपाका राजेशमान सिंह ८ हजार ८ सय ८८ मतसहित अग्रस्थानमा रहेका छन्।

नेकपा एमालेका विजयकुमार सरावगीले ६ हजार ८२ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ नेपाली कांग्रेसका इम्तियाज आलमले ६ हजार ८२ र लोकतान्त्रिक समाजवादीका पुरुषोत्तम लाल झाले ९ सय ५५ मत प्राप्त गरेका छन् ।

मेयरतर्फ ४ हजार ६ सय ८० र उपमेयरमा ९ हजार ६ सय ५२ मत बदर भएको छ ।

महानगरपालिकाका ३२ वडामध्ये हालसम्म वडा-१, २, ३, ४, ३०, ३१ र ३२ नम्बरको मत गणना सम्पन्न भएको छ। ती सात वडामा १७ हजार ९ सय ९ मत खसेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर