रुपन्देही शुद्धोधनको अध्यक्षमा कांग्रेसका बस्याल निर्वाचित – Nepal Press

रुपन्देही शुद्धोधनको अध्यक्षमा कांग्रेसका बस्याल निर्वाचित

रूपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । एमालेका किशुनचन्द्र चौधरीलाई हराउँदै कांग्रेसका विष्णुप्रसाद बस्यालले अध्यक्ष जितेका हुन् ।

विजयी बस्यालले ७ हजार २ सय ४७ मत पाए । पराजित चौधरीले ५ हजार ६ सय ३५ मत पाए ।

उपाध्यक्षमा एमालेकी शान्तादेवी ज्ञवाली विजयी भइन् । उनले ६ हजार २८ मत पाइन् । माओवादी केन्द्रकी सारदा भुसालले ३ हजार १ सय १ मत पाइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर