निधिको वडामा लोसपा र महासेठको वडामा माओवादी विजयी – Nepal Press

निधिको वडामा लोसपा र महासेठको वडामा माओवादी विजयी

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको वडामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमालेका नेता रघुवीर महासेठको वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

निधिको घर रहेको धनुषाको नगराइन नगरपालिका– २ मा लोसपाका उम्मेदवार बुलन यादव वडाध्यक्षमा विजयी भएका हुन् । उनले ८ भोटको मतान्तरले कांग्रेसका देवनारयाण यादवलाई पराजित गरेका हुन् । उनी निवर्तमान वडाध्यक्ष थिए ।

पटक–पटक मन्त्री र पार्टीका उपसभापति समेत भइसकेका निधिले आफ्नै वडा बचाउन सकेनन् । उनले सोही वडामा मतदान गरेका थिए ।

यता एमालेका सचिव रघुवीर महासेठको वडामा नेकपा माओवादी केन्द्रले जितेको छ । उनको घर रहेको धनुषाको मिथिला बिहारी नगरपालिका– ३ मा माओवादीका कृष्णकुमार मण्डल विजयी भएका हुन् ।

एमालेका अमर महासेठ ५२ भोटको अन्तरमा पराजित भएका हुन् । वडाध्यक्ष समेत जिताउन नसकेपछि पार्टीभित्र महासेठको आलोचना सुरु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर