ललितपुरमा मतान्तर बढाउँदै महर्जन, उपमेयर उम्मेदवार नै नभएको रुखमा तीन हजार मत – Nepal Press

ललितपुरमा मतान्तर बढाउँदै महर्जन, उपमेयर उम्मेदवार नै नभएको रुखमा तीन हजार मत

काठमाडौं । ललितपुर महानगरकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले निरन्तर मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । पछिल्लो परिणामअनुसार २१, ४२७ मत गणना हुँदा महर्जनले ११, ९२० मत पाएका छन् ।

उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण ब्यन्जन्कारले महर्जनको भन्दा करिब आधा मात्रै मत पाएका छन् । व्यञ्जनकारले अहिलेसम्म ५, ५७० मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा एमालेकी मन्जली शाक्यले ५, ९८३ मत पाएकी छन् भने माओवादीका बाबुराज बज्राचार्यले ४, ५६६ मत ल्याएका छन् ।

यहाँ उपमेयरमा उमेदवार नै नभएको रुख चिह्नमा ३, २८० मत खसेको छ ।

ललितपुर माहानगरपालिकाको वडा नम्बर ६ मा नेपाली कांग्रेसका रुपेन्द्र राज शाक्य १३१८ मतसहित विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर