देवदहको मेयरमा एमालेका खरेल जित नजिक – Nepal Press

देवदहको मेयरमा एमालेका खरेल जित नजिक

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकामा नेपाली कांग्रेस माओवादी गठबन्धनका विरुद्ध नेकपा एमालेले जित निकाल्ने अवस्थामा पुगेको छ।

पछिल्लो मत परिणाम अनुसार एमालेका नगर प्रमुख उम्मेदवार ध्रुवप्रसाद खरेलले १ हजार २ सय मतान्तरले अग्रता लिइरहेका छन्।

गणना भएको ३३ हजार मतमध्ये नेकपा एमालेका उम्मेदवार ध्रुव खरेलले ११ हजार ३ सय ८८ मत पाएर अग्रता लिइरहेका छन भने गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका हिराबहादुर खत्रीले १० हजार १ सय ८८ मत पाएका छन्। खत्री यसअघि देवदह नगरपालिकाका प्रमुख हुन्।

त्यसैगरी नगर उप–प्रमुख पदमा नेकपा एमालेकी विद्यालक्ष्मी गुरुङ गठबन्धनबाट उम्मेदवार बनेकी सुन्दरी गिरी भन्दा ५ हजार ६ सय ३३ मतले अगाडि छन्।

विद्यालक्ष्मी गुरुङले १२ हजार १ सय ८ मत पाउँदा गिरीले ६ हजार ४ सय ७५ मत पाएकी छन्। गुरुङ यसअघि समेत उपप्रमुखमा निर्वाचित भएकी थिईन्।

४८ हजार २ सय ९१ मत खसेको देवदह नगरपालिकाको ३३ हजार मतगणना भइसकेको छ। बाँकी रहेका वडामा नेकपा एमालेको बलियो गढकोरुपमा रहेकोले आफूले जित निकाल्ने दाबी एमालेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर