बर्दियाको ठाकुरबाबामा कांग्रेसका मेयर, एमालेकी उपमेयर निर्वाचित – Nepal Press

बर्दियाको ठाकुरबाबामा कांग्रेसका मेयर, एमालेकी उपमेयर निर्वाचित

रुपन्देही । बर्दियाको ठाकुरबाबा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

ठाकुरबाबा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलकराम लम्सालले ९ हजार ४२ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका घननारायण श्रेष्ठले ६ हजार ५ सय ८१ मत ल्याएका छन् ।

उपमेयरमा नेकपा एमालेका विना भट्टराईले ८ हजार १ सय ७६ मत ल्याएर विजयी भइन् भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका मञ्जु कुमारी चौधरीले ७ हजार ६ सय ७४ मत ल्याएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर