राप्रपा अध्यक्ष लिङ्देनको क्षेत्रमा कांग्रेस-एमाले गठबन्धन विजयी – Nepal Press

राप्रपा अध्यक्ष लिङ्देनको क्षेत्रमा कांग्रेस-एमाले गठबन्धन विजयी

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको क्षेत्रमा पर्ने झापाको कचनकवल गाउँपालिकामा एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार विजयी भएका छन् । राप्रपाको गढ मानिएको यहाँ ११ हजार ४७७ मत ल्याएर कांग्रेसका कालेन्द्र राजवंशी अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा एमालेका नवराज भट्टराई ८ हजार १४३ मतले निर्वाचित भएका छन्।

अध्यक्षमा राजवंशीका प्रतिस्पर्धी निवर्तमान अध्यक्ष राप्रपाका अन्जरा आलमले ६ हजार ६६७ मत ल्याए भने उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष राप्रपाका निमसरी राजवंशीले ६ हजार ८०१ मत प्राप्त गरिन्।

यहाँ कांग्रेस–एमालेबीच चुनावी तालमेल थियो ।

गाउँपालिकाको ७ वटा वडामध्ये ६ वटामा प्यानलसहित कांग्रेसले अध्यक्ष जितेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर