सिरहामा नेकपा एसले खाता खोल्यो, जित्यो सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष – Nepal Press

सिरहामा नेकपा एसले खाता खोल्यो, जित्यो सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष

जनकपुरधाम । सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष जितेर नेकपा एकीकृत समाजवादीले सिरहामा खाता खोलेको छ ।

अध्यक्षमा एकीकृत समाजवादीका केदारनाथ यादव २६ भोटको अन्तरले विजयी भएका हुन् । निवर्तमान अध्यक्षसमेत रहेका उनले ३ हजार ४०७ मत ल्याएका छन् । २०७४ सालको निर्वाचनमा यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

उनका निकटम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सत्रुधनप्रसाद साहले ३ हजार ३८१ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपाध्यक्षमा भने नेपाली कांग्रेसकी निलम यादव ३ हजार ४६२ मत ल्याएर विजयी भएकी छन् । उनका निकटम प्रतिस्पर्धी एकीकृत समाजवादीकी प्रमिला यादवले ३ हजार २२६ मत पाइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर