संसद भवनअघि सिलिन्डर विस्फोट गराएको आरोपमा ४ जना पक्राउ (भिडिओ) – Nepal Press

संसद भवनअघि सिलिन्डर विस्फोट गराएको आरोपमा ४ जना पक्राउ (भिडिओ)

काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत मतदानको दिन बिहान नयाँ बानेश्वरस्थित संसद भवनअगाडि सिलिन्डर विस्फोटमा संलग्न आरोपमा चारजना पक्राउ परेका छन् । उनीहरूले नेकपा सिवादीको नाममा आतंक मच्चाउन खोजेको प्रहरीको दाबी छ ।

पक्राउ पर्नेमा गोरखाको लखन गाउँपालिका स्थायी घर भइ काठमाडौंको कपन बस्ने २९ वर्षीय हरिकृष्ण थापा, काभ्रेको तिमाल घर भइ ललितपुरको टिकाथली बस्ने २८ वर्षीय करण श्रेष्ठ, भोजपुरको रामप्रसाद राई गाउँपालिका स्थायी घर भइ भक्तपुरको चागुनारायण बस्ने २८ वर्षीय युवराज थापा र खोटाङको कोटेहाङ गाउँपालिका स्थायी घर भएका ३६ वर्षीय भरतकुमार राई छन् । भरत यसअघि पनि हात हतियारसहित पक्राउ परेका थिए ।

उनी सिवादीको अध्यक्ष रहेको बताइएको छ । पीएम टेलिभिजन युट्यूव च्यानल उनकै नेतृत्वमा रहेको बताइएको छ ।

उनीहरूको साथबाट नेकपा सिवादीसँग सम्बन्धित कागजपत्र फेला परेको काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले जानकारी दिए । मैनालीले उक्त समूहबारे अनुसन्धान भइरहेको बताए ।

वैशाख ३० गते बिहान २ बजे सिलिन्डरमा आगो लगाएर विस्फोट गराइएको थियो ।

विस्फोटबाट बिके कम्प्लेक्समा रहेको दृष्टि आँखा केन्द्रको भवन तथा शाइन ग्लोबल एजुकेसनल कन्सल्टेन्सिमा समेत सामान्य क्षति पुगेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर