फर्जी मत भेटिएपछि रम्भा गाउँपालिकाको गणना चार दिनदेखि अवरुद्ध – Nepal Press

फर्जी मत भेटिएपछि रम्भा गाउँपालिकाको गणना चार दिनदेखि अवरुद्ध

रुपन्देही । निर्वाचनको नतिजाप्रति सत्ता गठबन्धनको असहमतिका कारण पाल्पा रम्भा गाउँपालिकाको मतगणना अझै सुरू भएको छैन । पुनः मतदानको माग गरेपछि शनिबारदेखि रोकिएको गणना अहिलेसम्म सुरू नभएको हो ।

पाल्पाका १० मध्ये ९ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । रम्भा-५ ताहुँको गतगणनाको क्रममा ७४ फर्जी मत भेटिएपछि गणना कार्य स्थगित भएको थियो ।

मतगणनास्थलमा गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो । स्थगित गतगणना सुचारु गर्न प्रयास गरिएपछि सफल नभएको रम्भा गाउँपालिकाका निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले नेपाल प्रेसलाई बताए ।

उनका अनुसार जिल्लास्तरीय, पालिकास्तरीय निर्वाचन संयन्त्रसँगको छलफलमा पुनः मतगणना गर्ने सहमति भए पनि गठबन्धन दलका प्रतिनिधिले पुनः मतदानको माग राख्दा निष्कर्ष ननिस्किएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर