सिन्धुलीको फिक्कल गाउँपालिकामा गठबन्धनसँग एमालेको कठिन प्रतिस्पर्धा, ४५ मतले पार्वतीको विजय – Nepal Press

सिन्धुलीको फिक्कल गाउँपालिकामा गठबन्धनसँग एमालेको कठिन प्रतिस्पर्धा, ४५ मतले पार्वतीको विजय

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिकामा गठबन्धनसँगको कठिन प्रतिस्पर्धामा नेकपा एमालेले जित निकालेको छ । पालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेले जितेको छ ।

अध्यक्षमा एमालेकी पार्वती सुनुवार ४,०६२ मत ल्याई विजयी भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नृपबहादुर भुजेललाई ४५ मतान्तरले पराजित गरेका हुन् । पराजित भुजेलले ४,०१७ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा एमालेकं राजु बराल ४,२५६ मतसहित विजयी भएका छन् । गठबन्धनबाट माओवादीका लोकेन्द्रबहादुर कार्कीले ३,४२६ मत पाएका छन् ।

पालिका अध्यक्ष निर्वाचित सुनुवार यसअघि उपाध्यक्ष थिइन् । सिन्धुलीका सबै स्थानीय तहमा कांग्रेस र माओवादीको गठबन्धनविरुद्ध एमाले एक्लै प्रतिस्पर्धामा छ । यसअघि गठबन्धनलाई पराजित गरेर गोलन्जोर गाउँपालिका एमालेले जितिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर