भरतपुरका ६ वडाको परिणाम, ५ मा कांग्रेसको जित – Nepal Press

भरतपुरका ६ वडाको परिणाम, ५ मा कांग्रेसको जित

चितवन । भरतपुर महानगरपालिकाका ६ वटा वडाको मतगणना सम्पन्न भएको छ । हालसम्म ६ वटा वडाको परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले ५ वटामा अध्यक्ष जितेको छ । त्यस्तै नेकपा एमालेले एउटा वडामा अध्यक्ष जितेको छ ।

पछिल्लो परिणाम आएको वडा नम्बर ६ मा कांग्रेसका कृष्णलाल श्रेष्ठ वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका डोलनाथ अधिकारीलाई पराजित गरे । अध्यक्षमा श्रेष्ठले २ हजार ७३५ मत ल्याउँदा अधिकारीले २ हजार ११७ मत पाए ।

कांग्रेसबाट यसअघि वडा नम्बर १ मा केशव महर्जन, २ मा मनोज रानाभाट, ४ मा अर्पण पोखरेल, ५ मा युद्ध श्रेष्ठ अध्यक्षमा निर्वाचित भइसकेका छन् ।

एमालेबाट वडा नम्बर ३ मा विकास थापा अध्यक्षमा निर्वाचित भएका छन् । एमालेले विगतमा जितेको २, ४ र ५ नम्बर वडामा कांग्रेसले जितेको छ भने कांग्रेसले विगतमा जितेको ३ नम्बर वडा एमालेले खोसेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर