बूढानीलकण्ठमा एमाले विजयी, मेयर-उपमेयरसहित १३ मध्ये १० वडामा जित – Nepal Press

बूढानीलकण्ठमा एमाले विजयी, मेयर-उपमेयरसहित १३ मध्ये १० वडामा जित

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरसहित बहुमत वार्ड नेकपा एमालेले जितेको छ ।

मेयरमा १४२५० मत ल्याएर मिठाराम अधिकारी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विनोद चालिसे ११५१२ मतमा रोकिए । दुईजनाको मतको अन्तर २७३८ छ ।

त्यस्तै उपमेयरमा १४३१४ मतका साथ एमालेकै अनिता लामा विजयी भइन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रमिला वाग्लेले ११९७२ मत ल्याइन् ।

नगरपालिकाका १३ मध्ये १० वडामा एमाले विजयी भएको छ भने दुईवटामा कांग्रेस र एउटामा स्वतन्त्रले जितेका छन् । काठमाडौंका महानगरबाहेक १० नगरपालिकामध्ये अहिलेसम्म कांग्रेसले दक्षिणकाली,तारकेश्वर र किर्तिपुर जितिसकेको छ ।

एमालेले बूढानीलकण्ठ र टोखा नगरपालिका जितेको छ भने राप्रपाले शंखरापुरमा जित निकालेको छ । गणना भइरहेका चन्द्रागिरी, नागार्जुन, गोकर्णेश्वर र कागेश्वरी मनहरामा कांग्रेसको अग्रता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर