कैलालीकाे माेहन्याल गाउँपालिकामा माओवादी विजयी
नेपाल प्रेस
२०७९ जेठ ४ गते १४:५८
कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ।
पालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका देवीदत्त उपाध्याय (हिमशिखर) विजयी भएका हुन् । उनले ३,१३४ मत पाएका छन् ।
उपाध्यायका प्रतिस्पर्धी नेकपा एमालेका धरमबहादुर थापाले २७१५ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा पनि गठबन्धनकै कांग्रेसका कमलबहादुर साउँदले जित हात पारेका छन् । उनले ३३३९८ मतसहित जित हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सरस्वतीदेवी रावलले २३०३ मत ल्याएकी छन् ।
प्रतिक्रिया