मोरङमा ६ पालिकाको गणना सकिँदा कांग्रेस-एमाले बराबर, कहाँ कसले जित्यो ? – Nepal Press

मोरङमा ६ पालिकाको गणना सकिँदा कांग्रेस-एमाले बराबर, कहाँ कसले जित्यो ?

विराटनगर । मोरङको ६ पालिकाको मत गणना सकिएको छ । अहिलेसम्मको परिणामअनुसार एमाले र काग्रेसले बराबरी तीन वटा स्थानीय जितेका छन् ।

गणना जारी रहेका ठाउँमा एमालेले ६ वटा स्थानीय तहमा अग्रता लिएको छ भने विराटनगर महानगरपालिकासहित पाँच वटामा कांग्रेस अगाडि छ ।

एमालेले कानेपोखरी, केराबारी दुई गाउँपालिका र लेटाङ नगरपालिका प्रमुखमा विजयी भयो । गएको स्थानीय तहमा केराबारी कांग्रेसले जितेको

नेपाली कांग्रेसले जहदा, मिक्लाजुङ र कटहरी गाँउपालिका प्रमुख जितेको छ ।

एमालेले कानेपोखरी गाँउपालिका अध्यक्ष राजामति ईङनाम र एमालेकै भोला प्रसाद अधिकारिले जितेका छन् । लेटाङ नगरपालिका मेयरमा एमालेका भुपेन्द्रकुमार लावति र उपमेयरमा पनि एमालेकै कृष्ण कुमारी निरौला निर्वाचित भएकी छिन् ।

केराबारी गाउँपालिका अध्यक्षमा एमालेका सुमन मिरिङचिङ र उपाध्यक्षमा एमालेकै मनमाया मगर विजयी भएका छन् ।

जहदा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका जितेन्द्रप्रसाद साह र उपाध्यक्षमा काग्रेसकै हन्ना सोरेनले जितेका छन् ।

कटहरी गाउँपालिका अध्यक्ष कांग्रेसका देवराज चौधरी र उपाध्यक्षमा एमालेकी सितादेवी राजवंशी विजयी भएकी छिन् ।

मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा काग्रेसका बबिनकुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेलले जितेका छन् ।

जारी मत गणनामा एमालेले उर्लावारी, पथरी शनिश्चरे,रंगेली, धनपालथान, बेलवारी र सुनवर्षीमा अग्रता लिएको छ । कांग्रेसले सुन्दरहरैचा, बुढीगंगा, ग्रामथान, रतुवामाई र विराटनगर महानगरपालिकामा लिड गरेको छ ।

१७ स्थानीय तहमध्ये गएको स्थानीय तहमा कांग्रेसले विराटनगर महानगरपालिकासहित १० स्थानीय तह जितेको थियो । एमालेले पाँच र माओवादी केन्द्रले र जनता समाजबादी पार्टीले एक-एक स्थानीय तह जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर