चितवनको इच्छाकामनामा गठबन्धन पराजित, एमालेका दानबहादुरले अध्यक्ष जिते – Nepal Press

चितवनको इच्छाकामनामा गठबन्धन पराजित, एमालेका दानबहादुरले अध्यक्ष जिते

चितवन । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले) विजयी भएको छ ।

अघिल्लो पटक गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेस एक्लैले जितेको यो पालिकामा अहिले गठबन्धनलाई हराउँदै १५०२ मतान्तरका साथ एमालेका दानबहादुर गुरुङ अध्यक्षमा विजयी भए ।

उनले ६११० मत ल्याउँदा कांग्रेसकी गीताकुमारी गुरुङ ४६०८ मा रोकिइन् । गीता निवर्तमान अध्यक्ष हुन् ।

उपाध्यक्षमा पनि एमालेकै माया सिलवाल ५३४४ मत ल्याएर निर्वाचित भइन् । सिलवालले निकटतम प्रतिस्पर्धी नेकपा (मोआवादी केन्द्र) का प्रताप गुरुङलाई ३०० मत अन्तरले पराजित गरिन् । गुरुङले ५०४४ मत प्राप्त गरे ।

इच्छाकामनाका सात वडामध्ये एमालेले एक्लै पाँच वडा जित्यो भने माओवादी केन्द्र र कांग्रेसले एक/एक वडा जिते । यहाँ १२ हजार ४ मत खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर