निजगढमा गठबन्धन पराजित, एमालेका सुरथले जिते मेयर – Nepal Press

निजगढमा गठबन्धन पराजित, एमालेका सुरथले जिते मेयर

बारा । निजगढ नगरपालिकामा गठबन्धनलाई हराउँदै नेकपा एमालेले प्रमुख र उपप्रमुख दुवै पद जितेको छ ।

मेयरमा सुरथ पुरीले ९४७५ मत ल्याएर विजयी हुँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवार सुरेशकुमार खनालले ८८२३ मत प्राप्त गरे । दुईजनाबीचको मतान्तर ६५२ छ ।

उपप्रमुखमा एमालेकै सोममाया थिङ्ग (मुना) ८६५९ मत ल्याएर विजयी हुँदा गठबन्धनतर्फ माओवादीका रविराज दंगालले ८५१८ मत ल्याए । उपप्रमुखमा १४० मतको अन्तर रह्यो ।

मेयरमा राप्रपाकी सावित्रीदेवी भारतीले ८६३ मत ल्याउँदा उपप्रमुखमा वासुदेव तिमल्सिनाले ९२८ मत ल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर