पोखरामा लाैरो ‘फ्लप’, हार्ने निश्चित भएपछि गनेसले गरे नयाँ पार्टी खोल्ने संकेत – Nepal Press

पोखरामा लाैरो ‘फ्लप’, हार्ने निश्चित भएपछि गनेसले गरे नयाँ पार्टी खोल्ने संकेत

काठमाडौं । पोखरा महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर चर्चामा आएका लेखक गनेस पौडेलले लौरो चुनाव चिह्न पाए पनि अपेक्षित मत पाएनन् ।

काठमाडौं महानगरमा बालेन्द्र साहले अग्रता लिइरहँदा पौडेलले भने निराशाजनक मत पाए । पछिल्लो अपडेट अनुसार एकीकृत समाजवादीका धनराज आचार्यले १६ ४१९ मत प्राप्त गर्दा उनलाई एमालेका कृष्ण बहादुर थापाले १४३८४ मतसहित पछ्याइरहेका छन् । सँगै पौडेलले भने अहिलेसम्म ८९६ मत मात्रै ल्याएका छन् ।

हार निश्चित भएपछि पौडेलले समीक्षा गर्दै सामाजिक सञ्जालमा स्टाटस लेख्दै चुनावी अभियानका क्रममा कैयन गल्ती भएको र ढंग नपुगेको बताएका छन् । साथै अनुकूल भएको जनमतलाई सम्हाल्न नसकेको पनि उल्लेख गरेका छन् ।

उनले थप लेखेका छन्, ‘यो चुनावले भरपुर आत्मावलोकन र समीक्षाको अवसर दियो । पोखराको हकमा जेजस्तो परीक्षा र प्राप्ति हुँदै छ त्यसले हामी रत्तीभर निराश छैनौँ । देशभरका स्वतन्त्र उम्मेदवार र तिनले ल्याएको राजनीतिक बहसले नयाँ प्रकारको वैकल्पिक राजनीतिको गोरेटो देखाएको छ । हामी त्यो गोरेटो पछ्याउन उत्साही छौँ ।’

पौडेलले अबका दिनमा संगठित हुँदै जाने बताउँदै राजनीतिक दल निर्माण गरेर अगाडि बढ्ने संकेत गरेका छन् ।

उनले लेखेका छन्, ‘निकट भविष्यमा कुनै सामूहिक निष्कर्षमा पुग्नेछौँ । स्थानीय तहको चुनावी अभियानबाट सिकेको पाठ आउँदो प्रादेशिक र संघीय चुनावमा प्रयोग गर्नेछौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर