धनकुटाको सहिदभूमि गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी – Nepal Press

धनकुटाको सहिदभूमि गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

धनकुटा । जिल्लाको अन्तिम मतपरिणाम निकाल्दै सहिदभूमि गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

एमाले र सत्ता गठबन्धनबीच भएको प्रतिस्पर्धामा ४२१४ मत प्राप्त गरी एमालेका मनोज राई अध्यक्षमा निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा एसका उम्मेदवार जितबहादुर राईले ४०२७ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा पनि एमालेकै रत्न ईश्वरी राई ४६७२ मतसहित विजयी हुँदा कांग्रेसका तोर्णबहादुर खड्का ३३७१ मतमा रोकिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर