पर्साको ठोरी गाउँपालिकामा एमाले विजयी, माओवादीले गुमायो विगतमा जितेका पालिका – Nepal Press

पर्साको ठोरी गाउँपालिकामा एमाले विजयी, माओवादीले गुमायो विगतमा जितेका पालिका

वीरगन्ज । पर्साको ठोरी गाउँपालिकामा माओवादीको विरासत तोड्दै एमालेले जित निकालेको छ ।

गाउँपालिका अध्यक्षमा एमालेका लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा एमालेकै अगोकुलीकुमारी रेग्मी निर्वाचित भएका हुन् ।

एमालेका श्रेष्ठले ४ हजार ४९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पदमलाल श्रेष्ठले ३ हजार ३२९ मत ल्याएर दोस्रो भए । माओवादीका श्रेष्ठ २०७४ सालको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए ।

उपाध्यक्षमा निर्वाचित भएकी रेग्मीले ४ हजार २५९ मत ल्याइन् । माओवादीकी निरु तामाङले ३ हजार ४३ मत ल्याएर दोस्रो भइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर