माधव नेपालको गृह जिल्लामा नेकपा एसलाई सफलता, दुई नगरपालिकामा मेयर उपमेयर विजयी – Nepal Press

माधव नेपालको गृह जिल्लामा नेकपा एसलाई सफलता, दुई नगरपालिकामा मेयर उपमेयर विजयी

वीरगन्ज । नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको गृह नगर रौतहटको गौर नगरपालिकाको नगरप्रमुख पदमा नेकपा एकीकृत समाजवादीका शम्भु साह ले ६ हजार ३ सय ८१ मत प्राप्त गरी मेयरमा विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका अजय कुमार गुप्ताले ३ हजार ७ सय ५५ पाए । गुप्ता निवर्तमान मेयर हुन् ।

उपमेयरमा पनि नेकपा एसकै शैलकुमारी साह ४ हजार ८ सय ९ मत पाई निर्वाचित भएकी छन् ।

यसअघि लोसपाले जितेको गौरमा अहिले बहुमत वडासहित एकीकृत समाजवादीले जितेको छ ।

एकीकृत समाजवादीले रौतहटको राजदेवी नगरपालिकामा पनि जित हात पारेको छ ।

राजदेवीको मेयरमा भिखारीप्रसाद यादव र उपमेयरमा राजकुमारी देवी विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर