उदयपुरको चौदण्डीगढी नगरपालिकामा एमाले विजयी, कांग्रेसले जोगाउन सकेन विरासत – Nepal Press

उदयपुरको चौदण्डीगढी नगरपालिकामा एमाले विजयी, कांग्रेसले जोगाउन सकेन विरासत

गाईघाट । उदयपुरको चौदण्डीगढी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेका कालुमान लामा र उपमेयरमा मणिकादेवी दुलाल निर्वाचित भएका छन् ।

यसअघि कांग्रेसले जितेको नगरपालिकामा यस पटक गठबन्धनलाई एमालेले परास्त गरेको छ ।

लामाले ८५१ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र राईलाई पराजित गरे । उनले ८ हजार ८६३ मत ल्याउँदा राईले ८ हजार १२ मत पाए ।

यसै गरी उपमेयरमा निर्वाचित दुलालले ९ हजार ५६६ मत ल्याउँदा उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी रिताकुमारी चौधरीले ७ हजार ७६० मत ल्याइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर