४३ हजार मत गन्दा हेटौँडामा गठबन्धनकी मिना लामाको अग्रता, मतान्तर घटाउँदै एमाले – Nepal Press

४३ हजार मत गन्दा हेटौँडामा गठबन्धनकी मिना लामाको अग्रता, मतान्तर घटाउँदै एमाले

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको मेयर पदको मतगणना जारी रहेको छ । मतगणना सुरु भएबाट ठूलो मतान्तरको सामना गर्दै आएको नेकपा एमालेले वडा नम्बर १४ र १५ बाट आफ्नो मतान्तर घटाउँदै लगेको छ ।

हालसम्म ४३ हजार ३ सय ७० मत गणना भएको छ । जारी मतगणना अनुसार गठबन्धनकी तर्फबाट एकीकृत समाजवादीकी उम्मेदवार मिना लामाले अग्रता कायम गरेकी छिन् । लामाले १३ हजार ३ सय ५८ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका राप्रपाका दीपकबहादुर सिंहले १२ हजार ५ सय ८५ मत प्राप्त गरेका छन् ।

मेयर पदका प्रत्याशी नेकपा एमालेका अनन्तप्रसाद पौडेलले १२ हजार ३ सय ३५ मत प्राप्त गर्न सफल भएका छन् ।

उपमेयर तर्फ गठबन्धनका कांग्रेस उम्मेदवार राजेश बानियाँले १९ हजार ४ सय ५१ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेकी नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले १३ हजार ८ सय ७४ तथा राप्रपाकी इन्दिरा न्यौपानेले ३ हजार १ सय ५३ मत प्राप्त गरेकी छिन् ।

हालसम्म वडा नम्बर १,२,३,६,१६,१७,१८ तथा १९ नम्बरको नतिजा सार्वजनिक भैसकेको छ । नतिजा अनुसार १,२,३,६,१६ तथा १७ मा नेपाली कांग्रेसले जीत हासिल गरेको छ भने १८ र १९ मा नेकपा एमालेले जित हासिल गरेको छ ।

वडा नम्बर ५,१४ तथा १५ मा अन्तिम नतिजा सार्वजनिक नभए पनि गन्न बाँकी भोट भन्दा धेरै एमालेको लिड भएको कारण एमाले विजयी भएको छ । समग्रमा हालसम्म कांग्रेसले ६ तथा एमालेले ५ वडामा जित हासिल गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर