काठमाडौंका १६ मेयर उम्मेदवारले अहिलेसम्म एक भोट पनि ल्याएनन् (सूचीसहित) – Nepal Press

काठमाडौंका १६ मेयर उम्मेदवारले अहिलेसम्म एक भोट पनि ल्याएनन् (सूचीसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाको अहिलेसम्म एक चौथार्ई मतगणना भइसकेको छ ।

११ वटा वडाका ४३,८४७ मत गणना भइसक्दा मेयर पदका १६ जना उम्मेदवारले भने एक भोट पनि प्राप्त गर्न सकेका छैनन् ।

हामीलाई प्राप्त विवरण अनुसार ५ जना उम्मेदवारले काठमाडौंमा एक हजारभन्दा बढी भोट ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार बालेन साह, एमालेका केशव स्थापित, कांग्रेसकी सिर्जना सिंह, राप्रपाका मदनदास श्रेष्ठ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले चार अंकमा भोट बटुलेका हुन् । श्रेष्ठले १४४७ र आँखिझ्याल चुनावचिन्ह लिएका सायमीले १०२१ भोट ल्याएका छन् ।

विवेकशील साझाकी उम्मेदवार समिक्षा बास्कोटालाई १५४ मत मात्र आएको छ । तीन अंकमा भोट ल्याउने उनी मात्र हुन् । नेपाल मजदुर किसान पार्टीका उम्मेदवारले ३० भोट ल्याएका छन् ।

उनीसहित ७ जना उम्मेदवारले दुई अंकमा भोट बटुलेका छन् । यस्तै, सिंगल डिजिटमा भोट ल्याउने उम्मेदवारको संख्या २७ छ । बाँकी १५ उम्मेदवारले अहिलेसम्म भोटको खाता नै खोल्न सकेका छैनन् । काठमाडौंमा ५५ उम्मेदवार मेयरको प्रतिस्पर्धामा थिए ।

शून्य भोट ल्याउने उम्मेदवारहरुका चुनावचिन्ह यस्ता छन् ः

१. ब्याडमिन्टन कर्क

२. सेफ्टीपिन

३. बिरालो

४. भ्यागुतो

५. कप प्लेट

६. ठेकी

७. जोडी गमबुट

८. भालु

९. घन्टाघर

१०. कंगारु

११. फ्रक

१२. चौबन्दी चोलो

१३. ग्यास सिलिन्डर

१४. प्रेसर कुकर

१५. खसीको टाउको

१६. बँदेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर