मकवानपुरको मनहरीमा गठबन्धनको जित
हेटौँडा । मनहरी गाउँपालिकामा गठबन्धनले जित हासिल गरेको छ । गठबन्धनबाट अध्यक्षका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका रञ्जन कालाखेतीले ९ हजार ३६६ मत प्राप्त गरेका छन् ।
उनको प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्षका प्रत्याशी तथा निवर्तमान अध्यक्ष एकराज उप्रेतीले ४ हजार ९७० मत प्राप्त गरेका छन् । नेकपा (एस) ले १ हजार ६१४ मत प्राप्त गरेको छ ।
उपाध्यक्ष तर्फ गठबन्धनबाट नेकपा माओवादीका सिता पुलामी मगर (रेखा) विजयी भएकी छिन् । रेखाले ७ हजार ४७० मत गर्दा नेकपा एमालेका सुजिता थिङले ५ हजार १३८ मत प्राप्त गरेकी छिन् ।
उपाध्यक्षका उम्मेदवार तथा निवर्तमान मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले २ हजार १४१ मत प्राप्त गरेकी छिन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा मनहरीमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी बनेको एमालेले यो पटक एउटा वडामा समेत विजय हासिल गर्न सकेन ।