सिनपाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी – Nepal Press

सिनपाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसका इश्तियाक अहमद खान विजयी भएका छन् ।

मतगणना सुरुदेखि नै अग्रता लिएका खानले ९ हजार १ सय ३४ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका सागरप्रताप राणाले ८ हजार १ सय ३७ मत र नेकपा एमालेका डाक्टर रामप्रसाद बस्यालले ७ हजार ३ सय ५ मत र जसपाका मातृकाप्रसाद यादवले १ हजार ९ सय ८९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यस्तै उप प्रमुखमा नेकपा एमालेकी उमा अधिकारी ८ हजार ८सय १३ मत प्राप्त गरी विजयी भएकी छन् ।

उनको निकटतम प्रतिद्वन्द्वी राप्रपाकी विनीता गुप्ताले ६ हजार ५ सय ४४ मत प्राप्त गरिन् भने माओवादी केन्द्रकी कमला थापाले ४ हजार ५ सय ९२ मत र जसपाकी आश्मा खातुनले २ हजार ४ सय ४२ मत प्राप्त गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर