एउटै वडामा श्रीमान् एमाले र श्रीमती कांग्रेसबाट निर्वाचित, दिएनन् एकअर्कालाई भोट – Nepal Press

एउटै वडामा श्रीमान् एमाले र श्रीमती कांग्रेसबाट निर्वाचित, दिएनन् एकअर्कालाई भोट

काठमाडौं । सुन्दा अचम्म लाग्छ एक दम्पती फरक फरक राजनीतिक दलबाट स्थानीय निर्वाचनमा निर्वाचित भएका छन् ।

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकामा पतिपत्नी नै वडा सदस्यमा निर्वाचित भएका हुन् ।

नेकपा एमालेको तर्फबाट दोधारा चाँदनी नगरपालिका-७ बाट खुला सदस्यमा उम्मेदवार बनेका सन्दीप उपाध्याय विजयी भएका छन् । यस्तै उनकी श्रीमती कमला उपाध्याय नेपाली कांग्रेसबाट महिला सदस्य पदमा विजयी भएकी छन्।

सन्दीपले खुला सदस्यबाट चुनाव लडेर ७५५ र कमलाले महिला सदस्य पदबाट चुनाव लडेर ७९२ मत प्राप्त गरेका छन् ।

दुई अलग पार्टीबाट उम्मेदवारी दिए पनि दुवै जना जनप्रतिनिधिको रूपमा चुनिएको स्थानीय निर्वाचन २०७९ मा यो नै पहिलो घटना हो ।

फरक दल भएका कारण उनीहरूले एक अर्कालाई भोट समेत नहालेको बताएका छन् ।

राजनीतिक धोका हुने भन्दै उनीहरूले एक अर्कालाई भोट नहालेको हामीसँग बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर