प्रचण्ड आएर बागीलाई मत मागेको काम लागेन, गठबन्धनले कारबाही गरेका चौधरीले जिते गाउँपालिका अध्यक्ष – Nepal Press

प्रचण्ड आएर बागीलाई मत मागेको काम लागेन, गठबन्धनले कारबाही गरेका चौधरीले जिते गाउँपालिका अध्यक्ष

कैलाली । कैलालीको कैलारी गाउँपालिकामा गठबन्धनको आधिकारिक उम्मेदवारलाई हराउँदै कांग्रेसका बागी उम्मेदवार विजयी भएका छन्

सत्तासाझेदार गठबन्धनको कारबाहीमा परेका नेपाली कांग्रेसका उम्मेदवार राजसमझ चौधरी कैलारी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले गठबन्धनका आधिकारिक उम्मेदवार निर्वतमान गाउँपालिका अध्यक्ष माओवादीका लाजुराम चौधरीलाई चार हजारभन्दा बढीको मतान्तरले पराजित गरेका हुन् ।

राजसमझले १० हजार ४ सय ९२ मत प्राप्त गरे भने लाजुरामले ६ हजार ४ सय ३० मत प्राप्त गरेका छन् ।

गठबन्धनकोतर्फबाट उम्मेदवार बनेका माओवादीका चौधरी यसअघिको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए । कांग्रेसका बागी उम्मेदवारका कारण दोस्रोपटक अध्यक्ष बन्ने मौका उनले गुमाएका हुन् ।

उपाध्यक्षमा कांग्रेसकी भागवतीकुमारी चौधरी विजयी भएकी छन् । उनले १० हजार ४ सय ८४ मत ल्याएर निर्वतमान उपाध्यक्ष माओवादीकी लक्ष्मी सत्गौवा थारुलाई पराजित गरेकी हुन् । सत्गौवाले ६ हजार ४ सय ७७ मत प्राप्त गरिन् ।

चौधरी गठबन्धनको आधिकारिक उम्मेदवार हुन् । केही समयअघि कैलारी गाउँपालिका पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने बागी उम्मेदवारलाई जिताउन अपिल गरेका थिए । उनले अध्यक्ष र उपाध्यक्षमा लाजुराम र लक्ष्मीलाई जिताउन भोट मागेका थिए ।

‘यो परिवर्तनको रक्षाको लागि हाम्रो पार्टीका अध्यक्षका उम्मेदवार लाजुराम चौधरी र उपाध्यक्षका उम्मेदवार लक्ष्मी सत्गौवालगायतको टोलीलाई अत्यधिक बहुमत विजयी गराउन चाहन्छु’, २६ गते उनले भनेका थिए , ‘उहाँहरूको टीमले विगतमा पनि राम्रो काम गरेको थियो, आउने दिनमा पनि राम्रो काम गर्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’

उनीहरु दुवैजना पराजित भएका छन् । कैलारी गाउँपालिका १ देखि ९ वडासम्म कांग्रेसको प्यानलले नै जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर