झापा भद्रपुरको मेयरमा कांग्रेसका पोखरेल निर्वाचित, उपमेयर बनिन् राप्रपाकी राधा – Nepal Press

झापा भद्रपुरको मेयरमा कांग्रेसका पोखरेल निर्वाचित, उपमेयर बनिन् राप्रपाकी राधा

काठमाडौं । झापाको भद्रपुर नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित भएका छन् । १२ हजार ५ सय २५ मतका साथ पोखरेल निर्वाचित भएका हुन् ।

उनका प्रत्यासी नेकपा एमालेका उम्मेदवार असारु राजव‌ंशीले ९ हजार ७ सय ५९ मत पाए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नवराज पनेरुले ६ हजार ३ साय १० मत प्राप्त गरेका छन् ।

उपप्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधा कार्कीले ९ हजार २ सय ३० मत प्राप्त गरी विजयी भएकी छन् भने नेपाल कम्युनिष्ट पार्टी ।माओवादी केन्द्र०का उम्मेदवार शिव कुमार राजभण्‍डारीले ८ हजार ५ सय ३३ मत ल्याएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर