रुपन्देहीको रोहिणी गाउँपालिकामा जसपा विजयी, उपाध्यक्षमा राप्रपा – Nepal Press

रुपन्देहीको रोहिणी गाउँपालिकामा जसपा विजयी, उपाध्यक्षमा राप्रपा

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका जनता समाजवादी पार्टीले जित हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा जसपाका विद्याप्रसाद यादव विजयी भएका हुन् । उनी ७ हजार ४९६ मतसहित विजयी हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहिर अलि भाटले ६ हजार ४५८ मत प्राप्त गरे ।

उपाध्यक्षमा राप्रपाकी शिवकान्ती चमार दोहोरिएकी छन् । उनी ६ हजार १५४ मत ल्याउदै उपाध्यक्षमा निर्वाचित भएकी हुन् । जसपाको रिमा मिश्रा ५ हजार ९०२ मत ल्याइ दोश्रो भएकी छन् । नेकपा एमालेकी वसन्ती पाण्डेले तीन हजार ३८ मत प्राप्त गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर