बाबुरामको गृहनगरमा जसपा-एमाले गठबन्धनलाई हराउँदै माओवादी विजयी – Nepal Press

बाबुरामको गृहनगरमा जसपा-एमाले गठबन्धनलाई हराउँदै माओवादी विजयी

काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा माओवादीका उम्मेदवार विजयी भएका छन् । जसपा-एमाले गठबन्धन र कांग्रेसलाई हराउँदै पालुङटारको मेयरमा माओवादीका विवश निन्तन विजयी भएका हुन् ।

चिन्तनले ६,०७२ मत पाए भने प्रतिस्पर्धी जनता समाजवादीका प्रेमबहादुर गुरुङले ५,७१७ मत ल्याए ।

यस्तै, उपमेयरमा पनि माओवादी केन्द्रकी वन्दना पाण्डे निर्वाचित भएकी छन् । उनले ५,५७९ मत ल्याइन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५,०७७ मत पाएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर