अघिल्लो पटक गठबन्धनसँग हारेकी विमला दोस्रो प्रयासमा गठबन्धन हराएर सुनवलको मेयर बन्न सफल – Nepal Press

अघिल्लो पटक गठबन्धनसँग हारेकी विमला दोस्रो प्रयासमा गठबन्धन हराएर सुनवलको मेयर बन्न सफल

काठमाडौं । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा एमालेले गठबन्धनलाई पराजित गरेको छ । अघिल्लो निर्वाचनमा कांग्रेस माओवादी गठबन्धनसँगै पराजित विमला अर्याल दोस्रो प्रयासमा मेयर निर्वाचित भएकी छन् ।

निर्वाचन आयोगका अनुसार स्था विमला अर्याल १४,८३८ मत ल्याई विजयी भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार अर्जुनकुमार पोखरेललाई ३,२१८ मतान्तरले पराजित गरेकी हुन् । पराजित अर्जुनकुमार पोखरेलले ११,६२० मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा पनि एमालेकै सूर्यप्रसाद दुवे १३,७९८ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीकेन्द्रका उम्मेदवार लेखनाथ खरेलले ८,८९० मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर