रेशम चौधरीको पार्टीले कैलालीमा जित्यो तीन पालिका, भजनीकाे प्रमुखमा चौधरी र उपप्रमुखमा तिरुवा – Nepal Press

रेशम चौधरीको पार्टीले कैलालीमा जित्यो तीन पालिका, भजनीकाे प्रमुखमा चौधरी र उपप्रमुखमा तिरुवा

कैलाली । कैलालीको भजनी नगरपालिकामा पनि रेशम चौधरीको पार्टीले विजय हासिल गरेको छ । नागरिक उन्मुक्ति पार्टीबाट केवल चौधरीले प्रमुख र उपप्रमुखमा राजु तिरुवा विजयी भएका हुन् ।

उनीहरुले सत्ता गठबन्धनका उम्मेदवारहरुलाई हराएका हुन् । अन्तिम परिणाम आधिकारिक रुपमा घोषणा गरिएको छैन ।

चाैधरीकाे पार्टीले यसअघि कैलालीको टीकापुरमा प्रमुख र जोशीपुरकाे प्रमुख र उपप्रमुख दुवै नागरिक उन्मुक्ति पार्टीले जितिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर