वृजेशको साथले कपिलवस्तुको यशोधरा अध्यक्ष-उपाध्यक्षमा एमालेको जित – Nepal Press

वृजेशको साथले कपिलवस्तुको यशोधरा अध्यक्ष-उपाध्यक्षमा एमालेको जित

रुपन्देही । अघिल्लो निर्वाचनमा एक सदस्य नजितेको दक्षिणी कपिलवस्तुको यशोधरा गाउँपालिकामा एमालेले यसपटक ३ वडाध्यक्षसहित अध्यक्ष-उपाध्यक्ष जितेको छ ।

गाउँपालिको अध्यक्षमा शिवदयाल तिवारी र उपाध्यक्षमा गुन्जादेवी मौर्या निर्वाचित भएका हुन् । तिवारीले ४ हजार ४ सय ६२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अनुपकुमार पाण्डेयले ३ हजार २ सय मत प्राप्त गरे ।

उपाध्यक्षमा निर्वाचित मौर्याले ४ हजार ४५ मत ल्याइन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसकी विन्द्रावती यादवले ३ हजार २३७ मत प्राप्त गरिन् ।

यशोधरा गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्षसहित तीनवटा वडा जितेको छ । ८ वटा वडा रहेको गाउँपालिकामा कांग्रेसले दुई, जनता समाजवादीले एक, जनमत पार्टीले एक र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेका छन् ।

यहाँ केही महिनाअघिमात्र एमाले अध्यक्ष केपी शर्मा ओली पुगेर ठूलो समूहमा एमाले प्रवेश गराएका थिए । पूर्वमन्त्री वृजेशकुमार गुप्ताको क्षेत्रमा रहेको सो पालिका उनको एमाले प्रवेशसँगै एमालेको उपस्थिति देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर