मतगणनास्थल पुगेर सिर्जनाले भनिन्- जित्नेमा ढुक्क छु, धेरै भोट गन्न बाँकी भएकाले अरु नबोलौं (भिडिओ) – Nepal Press

मतगणनास्थल पुगेर सिर्जनाले भनिन्- जित्नेमा ढुक्क छु, धेरै भोट गन्न बाँकी भएकाले अरु नबोलौं (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले आफू जित्नेमा ढुक्क रहेको बताएकी छिन् ।

मतगणनास्थल राष्ट्रियसभा गृह पुगेकी उनले मतपरिणामबारे अहिले नै बोल्नु हतार हुने बताइन् ।

‘धेरै वडामा हामीले लिड गरिरहेका छौँ । एक लाख ९० हजार मतमध्ये ६० हजार मात्र गणना भएको छ । त्यसैले मतपरिणामबारे अहिले नै बोल्नु हतार हुन्छ’, सञ्चारकर्मीसँग सिर्जनाले भनिन् ।

उनले परिणामबारे मतगणना सम्पन्न भएपछि छलफल गरेर मात्र धारणा सार्वजनिक गर्ने पनि बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर