विराटनगरपछिको मोरङकै ठूलो सुन्दरहरैंचामा मतगणना जारी, मतान्तर घटाउँदै एमालेका गुरागाईँ – Nepal Press

विराटनगरपछिको मोरङकै ठूलो सुन्दरहरैंचामा मतगणना जारी, मतान्तर घटाउँदै एमालेका गुरागाईँ

काठमाडौं । विराटनगर महागरपछि मोरङको सबैभन्दा धेरै मतदाता रहेको सुन्दर हरैंचा नगरपालिकाको मतगणना जारी रहँदा नेकपा एमालेका केदार प्रसाद गुराईँले मेयरमा आफ्ना मतान्तर घटाउँदै लगेका छन् ।

हालसम्मको गणनामा कांग्रेसका शिवप्रसाद ढकाल १२ हजार ३४१ मतका साथ अग्रता लिइरहेका छन् । एमालेका गुरागाई १२ हजार १४५ मतका साथ पछ्याउँदैछन् । यसअघि १२ सयको अग्रता रहेकोमा वडा नम्बर ३,४, र १० को गणनापछि १९६ मा झरेको छ ।

उपमेयरमा एमालेकी अक्कली चौधरीको जित लगभग निश्चित भइसकेको छ । चौधरीले १२ हजार ५७६ मतले अग्रता लिइरहँदा गठबन्धनबाट माओवादीका उम्मेदवार नवराज चापागाईको मत भने ७२४१ मात्र छ ।

अघिल्लो निर्वाचनमा पनि गठबन्धनबाट ढकाल मेयर जित्दा गुरागाईँ पराजित भएका थिए । उपमेयर एमालेले नै जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर