मकवानपुरका नवनिर्वाचित स्थानीय तहका प्रमुखद्वारा शपथ ग्रहण
हेटौँडा । मकवानपुरको स्थानीय तह निर्वाचनमा विजयी भएका प्रमुखहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । जिल्लाको १० मध्ये ८ स्थानीय तहको अन्तिम परिणाम आएसँगै हेटौँडामा आयाेजित शपथ ग्रहण कार्यक्रममा सपथग्रहण गरेका हुन् ।
आज पहिलो चरणमा पाँच स्थानीय तहका प्रमुखले पद तथा गोपनियताको सपथग्रहण गरेका हुन् । उनीहरुलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश डिल्लीरत्न श्रेष्ठले सपथ ग्रहण गराएका थिए ।
पहिलो चरणमा सपथग्रहण गर्नेहरुमा भीमफेदी गाँउपालिकाका अध्यक्ष हिदम लामा, इन्द्रसरोबर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, राक्सिराङ गाउँपालिकाका राजकुमार मल्ल, मकवानपुर गढीगाउँपालिका दोर्जे लामा र बकैया गाउँपालिका धर्मराज लामिछाने रहेका छन्। बाँकी स्थानीय तहका प्रमुखलाई दोस्रो चरणमा सपथ ग्रहण गराइने बताइएको छ ।