सार्वजनिक बिदाको दिन काठमाडौंमा सरकारी सवारीसाधन चलाउन नपाइने – Nepal Press

सार्वजनिक बिदाको दिन काठमाडौंमा सरकारी सवारीसाधन चलाउन नपाइने

काठमाडौं । काठमाडौंमा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालन गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

अब अत्यावश्यक भए जिल्ला प्रहरी कार्यालयबाट पास जारी गर्नुपर्ने नभए सरकारी नम्बर प्लेटको गाडी चलाउन नपाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार ‘पास नलिई र अत्यावश्यक बाहेक सरकारी सवारी साधन चलाए जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिइसकिएको छ ।

केहि दिनअघि मात्रै बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गतेदेखि लागू हुने गरी आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेकाले अब बिनापास सरकारी सवारीसाधन, शनिबार, आइतबार र अन्य सार्वजनिक बिदाका दिनमा पनि चलाउन पाइने छैन । यदि चलाउनैपर्ने भए जिल्ला प्रहरी कार्यालयबाट सवारी पास अनुमति पत्र लिनुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर