अछामको पञ्चदेवल विनायकमा कांग्रेसकी अम्बिका चलाउने विजयी – Nepal Press

अछामको पञ्चदेवल विनायकमा कांग्रेसकी अम्बिका चलाउने विजयी

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । मेयर र उपमेयर पदमा कांग्रेसले जित निकालेको हो ।

कांग्रेसका तर्फबाट मेयरमा अम्बिका चलाउने निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रामबहादुर विकलाई पराजित गर्दै जित निकालेकी छन् ।

यस्तै उपमेयरमा पनि कांग्रेसकै हर्कबहादुर रावल निर्वाचित भएका छन् ।

यद्यपि मत परिणामको अन्तिम घोषणा हुन भने बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर