काठमाडौं महानगरमा कांग्रेसको पहिलो जित, गगन थापाको वडामा कांग्रेसको क्लिनस्वीप – Nepal Press

काठमाडौं महानगरमा कांग्रेसको पहिलो जित, गगन थापाको वडामा कांग्रेसको क्लिनस्वीप

काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतका वडाहरूको वडाध्यक्षमा नेपाली कांग्रेसले पहिलो जित निकालेको छ ।

महानगरको ३० नम्बर वडामा कांग्रेसले पहिलो जित निकालेको हो । वडामा वडाध्यक्षसहित कांग्रेसको पुरै प्यानल विजयी भएको छ ।

कांग्रेसका दलबहादुर कार्कीले २०६१ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णभक्त खड्गीले ९१६ मत प्राप्त गरेका छन् ।

यो वडामा मेयरमा भने बालेन शाहले नै फराकिलो अग्रता पाएका छन् । उनले एक हजार ६२३ मत प्राप्त गरे । कांग्रेसकी सिर्जना सिंहले ९७५ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापितले ७२१ मत प्राप्त गरेका छन् ।

यसअघि सम्पन्न वडाहरूको मतगणना अनुसार १, २, ३, ४ र ५ नम्बर वडामा एमाले जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर