एमालेले गुमायो रुपन्देहीको सियारी, अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी – Nepal Press

एमालेले गुमायो रुपन्देहीको सियारी, अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

रुपन्देही । गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको रुपन्देहीको सियारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा नोपली कांग्रेसका जिल्ला उपसभापतिसमेत रहेका थानेश्वर घिमिरे १० हजार ४५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी
निर्वतमान गाउँपालिका अध्यक्षसमेत रहेका नेकपा एमालेका उम्मेदवार अयोध्या थारुले ७ हजार २ सय ६८ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा कांग्रेसका तारा थारु ८ हजार ९ सय ९० मत ल्याई विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी अमृता गुरुङले ७ हजार २ सय ६९ मत प्राप्त गरिन्।

त्यसैगरी वडा नम्बर १ मा राप्रपाका अरुणकुमार शाही १ हजार ७९ मत ल्याई विजयी भएका छन् । वडानम्बर २ मा एमालेका जनार्दन यादव १ हजार ३ सय ८ मत ल्याइ विजयी भएका छन् ।

वडा नम्बर ३ मा कांग्रेसका रामचन्द्र कुर्मी विजयी भएका छनन् । उनले ८ सय ३२ मत पाए । वडा नम्बर ४ मा कांग्रेसकै श्रीराम यादव अहिर ८ सय ४३ मत ल्याइ विजयी भएका छन् । वडा नम्बर ५ मा कांग्रेसकै धनपति खरेल ९ सय ७३ मत ल्याई विजयी भए ।

वडा नम्बर ६ मा एमालेका शेर बहादुर गुरुङ्ग १ हजार ४ सय ६ मत ल्याई विजयी भएका छन् । वडा नम्बर ७ मा कांग्रेसका दिपक बहादुर शाही २ हजार १ सय १२ मत प्राप्त गरि विजयी घोषित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर